काठमाडौंः प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डमाथि ३–० को सहज जित निकालेको हो ।

चेल्सीका लागि ओलिभर जिराउड, विलियन र रोस बार्कलीले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा जिराउडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा विलियनले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।



प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०८:३४