काठमाडौंः इंग्लिस प्रिमियर लिग चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीमाथि ३–० को सहज जित निकालेको हो ।

चेल्सीका लागि जोर्गिन्हो, टमी अब्राहम र हुडसोन ओडेईले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाए । ४९ औं मिनेटमा ओडेर्इले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सी २२ खेलबाट ३९ अंक जोड्दै लिगको चौंथो स्थानमा यथावत रहेको छ । बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, पुस २७, ०९:४८