काठमाडौंः इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा टोटनह्यामले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ ले पराजित गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा लिएको थियो । अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटनह्यामका ह्यारी केनले निर्णायक गोल गरेका थिए ।

पेनाल्टीमा टोटनह्यामका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे । चेल्सीका ट्याम्मी अब्राहम, सेसर एज्पिलिक्वेटा, जर्गिन्हो र इमर्सनले गोल गर्दा मासन माउन्टको प्रहारलाई ह्युगो लोरिसले बचाउँदै टोटनह्यामलाई जित दिलाए ।


त्यसअघि भएको निर्धारित खेलमा चेल्सीले खेलको १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो । ८३ औं मिनेटमा टोटनह्यामका इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

जितसँगै टोटनह्याम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।


प्रकाशित मितिः बुधबार, असोज १४, २०७७, १०:५०