एजेन्सीः चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अग्रता लिएको थियो ।

रिस जेम्सले २७औँ मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काए । डिफेन्डर जुमाले ६१औँ मिनेटमा चेल्सीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीको जित निश्चित गरे ।

जितसँगै शीर्ष स्थानको चेल्सीको २२ अंक छ । लिड्स १४ अंकसहित १३औँ स्थानमा छ ।


प्रकाशित मितिः २१ मंसिर २०७७, आइतबार, ०७:५०