काठमाडौंः चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग २–२ को बराबरीमा रोकिएको हो ।

बर्नेमाउथका लागि जेफर्सन लेर्मा र जोसुआ किङले एक एक गोल गरे । चेल्सीका लागि मार्कोस अलन्सोले दुई गोल गरे ।

बर्नेमाउथको घरेलु मैदानमा भएको खेलको ३३ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा बर्नेमाउथका जेफर्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । ५७ औं मिनेटमा किङले गोल गर्दै बर्नेमाउथलाई २–१ को अग्रता दिलाए । तर, ८५ औं मिनेटमा चेल्सीका अलन्सोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।


बराबरीसँगै चेल्सीले २८ खेलबाट ४५ अंक जोड्दै लिगको चौंथो स्थानमा छ । बर्नेमाउथ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

अन्य नतिजा

ब्राइटनविरुद्ध क्रिस्टल प्यालेस (०–१)

न्युु क्यासलविरुद्ध बर्नली (०–०)

वेस्टह्यामविरुद्ध साउथह्याम्पटन (३–१)


प्रकाशित मितिः आइतबार, फागुन १८, १०:०६