काठमाडौंः प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी लिड्स युनाईटेडसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति लिड्सको घरेलु मैदानमा भएको खेलमा चेल्सी गोल रहित बराबरीमा रोकिएको हो ।

दुवै टिमले खेल अवधिभर गोल गर्न सकेनन् ।

बराबरीसँगै चेल्सी तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेल्सीको ५१ अंक छ । लिड्स ३६ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।


प्रकाशित मितिः २०७७ साल चैत १ गते आइतबार, ०६:४५