काठमाडौँ: चोरीको गाडी भाडामा लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा सुलिकोट घर भएका मुकुन्द पुडासैनी र सुर्खेतका दिपकबहादुर बुढा भनेर चिनिने दिपेन्द्र रहेका छन् ।

भारतीय चोरहरुसँग मिलेर सुदुपश्चिमको गड्डाचौकी नाका हुँदै उनीहरुले काठमाडौं ल्याएका चारओटा गाडी नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत कालिमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

सोह्रखुट्टेस्थित नयाँ बजारमा आदित्य ट्रान्सपोर्ट सञ्चालन गरेका मुकुन्दले चोरीका गाडी सोही ट्रान्सपोर्टमार्फत् भाडामा लगाउने गरेका थिए ।


भारतबाट चोरीको गाडी ल्याएर भाडामा लगाउनेहरुबारे थप अनुसन्धान भइरहेको डिएसपी कुँवरले बताए