पर्साः चोरी गरिएको मोटरसाइकलका पार्टपूर्जाहरु सहित दुई जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३० बस्ने २२ वर्षीय महम्द नुरउल्लाह देवान र सोही ठाउँ बस्ने २८ वर्षीय राजेश सहनी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका–३० बगहीदेखि परवानीपुरतर्फ जाने सडकमा अमेरिका सहनीको मोटरसाइकल ग्यारेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरीले जाँच गर्दा शंकास्पद मोटरसाइकलको पार्टपूर्जाहरु फेला पारी बरामद गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा महम्द र राजेशले उक्त पार्टपूर्जाहरु चोरी गरी ल्याएको खुल्न आएको हो ।


उनीहरु माथि चोरी मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १४ गते शनिबार, २१:०६