झापाः बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बजार क्षेत्रमा चोरी गरी ल्याएको २ थान ल्यापटप बिक्री गर्न खोजेको अभियोगमा दुई जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका–७ बस्ने ३० वर्षीय अजय मल्लिक र सोही ठाउँ बस्ने २० वर्षीय देव परियार रहेका छन् ।
उनीहरुले ल्यापटप बोकी सस्तो मूल्यमा बिक्री गर्न खोज्दै हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त ल्यापटप दमक एरियाबाट चोरी गरी ल्याएको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
।
यस सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको साथै उनीहरुलाई जिल्ला अदालत झापाबाट अनुमती लिई म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाईने उनले बताए ।
प्रकाशित मितिः २०७७ साल माघ १० गते शनिबार, १८:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook