मोरङः जहदा गाउँपालिका–१ लंकाटोलबाट नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजान लागेका बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित एक भारतीयलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मटियारी ग्राम पंचायत बस्ने ३२ वर्षीय शिव लाल राय रहेका छन् ।

सोही गाउँपालिका लंकाटोल बस्ने रमेश यादवको घरमा स्टोर गरी राखेका विभिन्न ब्राण्डका मदिरा रायले नेपालबाट भारततर्फ लैजान गाडीहरुमा लोड गरी राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त स्थानबाट ३ सय मिलिग्रामको उंमग मदिरा ५७ काटुन, ३ सय मिलिग्रामको पलपल ४० काटुन, ३ सय मिलिग्रामको सोफीका ३७ काटुन, ३ सय मिलिग्रामको हरपल १ सय ५२ काटुन, ३ सय मिलिग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा तथा डब्लुबी २० जेड १०८७ नम्बर प्लेटको भारतीय कार र ४ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २ गते सोमबार, १९:४०