काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।

महाशाखाले विभिन्न समयमा चोरी भएका मोटरसाइकल खोजेर सवारीधनीलाई बुझाउँदै आएको छ । यसैक्रममा महाशाखाले आज २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो ।

साथै सोहि अवधिमा मोटरसाइकल चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उपत्यकाका बिभिन्न प्रहरी कार्यालयमा बुझाईएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने, “असुरक्षित पार्किङ्ग स्थल, एकान्त स्थलमा पार्किङ गरेका र अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाईकल बढी चोरी हुन्छन् ।


।’’

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, “एकै छिन हो” भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न महाशाखाका प्रमुख भट्टराईले सुझाव दिए ।

यसैगरी, मंसिर महिनाको अवधिमा नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी सवारी नियम
उल्लंघन गर्ने चालकहरुले प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रकारको प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कानूनी कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गरी सङ्गठनको छवि समेत उच्च राख्ने तथा अन्य प्रहरी कर्मचारीहरुमा समेत यस्तो कार्य गर्न
सकारात्मक उत्प्रेरणा जगाउनमा योगदान गर्ने यस महाशाखा तथा मातहतमा कार्यरत २२ जना (प्रहरी नायव निरीक्षक–१, प्रहरी सहायक
निरीक्षक–१, प्रहरी हवल्दार–४ र प्रहरी जवान–१६) प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १९:५८