काठमाडौंः गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत’चौबन्दी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दर्जनौं चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा साँस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको ‘चौबन्दी’ भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

बसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई अन्जु ढकालले छायांकनले गरेका छन् भने विकाश खड्काले निर्देशन गरेका छन् ।

भिडियोमा विकाश खड्का तथा अञ्जना तामाङलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, ११:०१