चितवनः तराईसँग राजधानी काठमाडौं जोड्ने लाइफलाइनकारुपमा रहेको नारायणगढ–मुग्लिन सडक अब सहज हुने भएको छ । कुल ३६ किलोमिटर सडकमध्ये हाल विस्तारको काम भइरहेकोे ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्रे गर्ने काम मङ्गलबार राति सम्पन्न भएपछि आवतजावत सहज हुने भएको हो ।

उक्त सडक आयोजनाका सूचना अधिकारी शिव खनालकाअनुसार पहिलो चरणको कालोपत्रेसंगै दैनिक बिहान १० वजेबाट अपराह्न ४ बजेसम्म सवारी रोकेर गरिदै आएको काम अब बुधबार देखि २४ घण्टा सञ्चालन हुने बनाइएको छ । सूचना अधिकारीले १६ सेन्टिमिटर कालोपत्रे गर्ने काम तीन चरणमा पूरा गरिने बताए ।

अधिकारीकाअनुसार ३२ दशमलब ७ किलोमिटर मध्ये १२ दशमलब ७ किलोमिटर सडक १६ सेन्टिमिटरनै कालोपत्रे सम्पन्न भएको छ ।


। पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह ४ सेन्टिमिटर वाक्लो कालोपत्रे गरिएको छ ।

तीनवटा निर्माण कम्पनीले निर्माण सुरु गरेको पहिलोखण्ड आँपटारीदेखि दासढुङगासम्मको १० दशमलब ४५ किलोमिटर बीएल श्रेष्ठ जेभीले, दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर उडहील लामा जेभीले निर्माण गरेको हो ।

त्यसैगरी सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब १५ किलोमिटर तेस्रो खण्ड रौताहा जेभीले निर्माण गरेको हो ।