एजेन्सीः च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको युभेन्टस समूहको दोस्रो स्थानमा पुगेको छ ।


प्रकाशित मितिः २० कार्तिक २०७७, बिहीबार, ०७:१८