काठमाडौंः यस वर्ष ‘छ माया छपक्कै’ लिएर आएको यो टिमले आगामी वि.सं. २०७७ सालको दशैंको फूलपातिमा प्रदर्शन गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको हो । बैशाखबाट छायांकनमा जाने तयारीमा रहेको रहेको छ ।

आगामी वर्षको दशैंमा रिलिज गर्ने गरी चलचित्रको निर्माण सुरु गरिने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । ‘छक्का पञ्जा’ सिरिजमा कलाकार पनि पहिलेकै दोहोरिने छन् । अहिलेसम्म दीपकराज, जितु नेपाल, केदार घिमिरे माग्नेबुढाको फाइनल भइसकेको र अन्य कलाकार पछि छनोट गरिने उनले बताइन् ।

चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीका अनुसार, अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ ।


। छक्का पन्जा ३ को कथा जहाँ सकिएको थियो, त्यहीबाट ‘छक्का पन्जा ४’को कथा सुरु हुने दीपकले जानकारी दिए ।

गिरीले रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा फिल्म वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, १५:०३