भक्तपुरः भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ ।

काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो ।

छतबाट खसेर घाइते भएकी लामालाई उपचारका लागि उनकै बुबाले मध्यपुर अस्पताल लगेकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरीले जनाएको छ ।