काठमाडौंः चर्चित चलचित्र निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेल वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

निर्देशक ओझा र नायिका पोखरेल तीन महिना अघि नै वैवाहिक सम्बन्धमा बाँधिएको खुलासा भएको विभिन्न स्रोतबाट खुल्न आएको छ । तेस्रो श्रीमतीका रुपमा छविले शिल्पालाई भित्र्याएका हुन् ।

शिल्पाको दोस्रो विहे छविराज ओझासँग भएको हो । विवाहपूर्व उनीहरु ‘लिभिङ टुगेदर’ मा रहेका खबरहरु पनि प्रशस्तै आएका थिए । यति लामो समय बित्दापनि बल्लतल्ल छवि र शिल्पा बैवाहिक बन्धनमा बाँधिएको सूचना बाहिर आएको हो ।

चर्चित अभिनेत्री रेखा थापासँगको १० वर्षे सम्बन्धलाई नदिका दुई धार बनाएका छविले चलचित्र उद्योगमा शिल्पालाई ‘डेब्यू’ गराएर आफ्नो श्रीमती बनाउन सफल भएका छन्।