सुर्खेत : छाउगोठमा सुतिरहेकी एक किशोरी सोमबार राति १२ बजेतिर बलात्कारमा परेकी छन् ।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी किशोरीलाई राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए ।

तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।


। बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन्।

प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको हो ।

पीडितसँगै सुतकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको बताइन् ।‘तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘सँगैकी साथीलाई बलात्कार गरेछन्, बिहानमात्रै थाहा पाएँ ।’नागरिक दैनिकमा समाचार छ ।