धनगढीः कैलारी गाउँपालिका–१ मनाउँको एउटा थारु निवासमा २० केजी चामल र उत्तिकै परिणाम हाराहारीको तरकारी पाक्ने समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, परिवारमा बिहानको खाना खाइसकेपछि बेलुकाको लागि पकाउने मेलो सुरु हुन्छ।

अंग्रेजीलाल कठेरिया थारुको परिवारमा ४९ जना छन् । सबैको भोजन मूल घरको एउटै भान्सामा गर्छन् । साँझ र बिहान पाक्ने भात र तरकारी बासी बस्न पाउँदैन । दाल विरलै पकाउँछन् ।

थारु समुदायमा भातसँग तरकारी मिसाएर खाने चलन भएकाले पनि दाल कमै पकाउने गरेका हुन् । रोटीका लागि पिठो पनि २०/२२ केजी चाहिन्छ । पिरो बढी चाहिन्छ ।


। चट्नी र अचार खुर्सानीकै बनाइन्छ । कहिलेकाहीं एक किलो खुर्सानी एकै दिन सकिन्छ । चाडबाडमा चेलीबेटी र आफन्त घरमा आउने भएकाले एकै दिन करिब एक क्विन्टन रासन चाहिन्छ ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०७:०१