काठमाडौंः स्थानीय सरकार सञ्चालन एने, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ को व्यवस्थाअनुसार मुलुककभर स्थानीय तहले असार १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने थियो। तर, कानुन उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तमध्ये ३ सय ८७ वटाले गाँउ वा नगरसभामा १० गतेभित्रै बजेट पेस गरेनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मत्नालयका अनुसार केही स्थानीय तहले १० गतेपछि ल्याए पनि २ सय ९९ ले बल्ल बजेटको सुरसार गर्दैछन्।

बजेट नल्याउनेमा गाँउपालिका, नगरपालिका र उपमहानरपालिका मात्र होइन एउटा महानगरपालिकासमेत रहेको छ।

ललितपुर महानगरपालिका जनप्रतिनिधधि र कर्मचारी बजेट ल्याउने बेलामा जापान भ्रमणमा गए।


। उपमेयर गीता बस्यालको नेतृत्वमा गएको ७ जनाको टोली बजेट ल्याउने दिन जापानमा व्यस्त थियो। कान्तिपुर दैनिकमा खबर छ ।