काठमाडौंः छायांकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तीकै अगाडि बढिरहेका छन् ।
उनले पछिल्लोपटक निर्देशन गरेको ‘दिलमा फोटो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
आरबी सिर्जन र मेलिना गुरुङको स्वरले सजिएको गीतमा वसन्त सापकोटाको शब्द रचना र संगीत रहेको छ । रविन न्यौपानेको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा कविराज गहतराजको शानदार कोरियोग्राफी छ ।
भिडियोमा रेनिष फागोको कलर र मनोहरी पौडेलको प्रडक्सन रहेको छ । भिडियोमा निर्देशक सुदीप बरालले नाजिर हुसेन र उषा उप्रेतीलाई अन स्क्रिन रोमान्स गराएका छन् ।
गीतमा लुकीछुपी लगाएको मायाको कुरा गरिएको छ ।
। नाजिर पछिल्लो समयमा म्युजिक भिडियोमा बढी देखिन थालेका छन् । उनलाई
दर्शकले म्युजिक भिडियोमा मन पराउँदै आएका पनि छन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १४:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook