काठमाडौंः बैंक तथा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैयाँ ठगी मुद्धामा जेल परेका घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् ।

करिब १६ महिना डिल्लीबजार कारागारमा बसेका बस्नेतलाई जेल मुक्त गरिएको डिल्लीबजार कारागारका प्रमुख जानकारी दिएका छन् ।

बस्तेतलाई महानगरीय अपराध महाशाखाको टोलीले ०७३ साल पुसमा धापासीबाट पक्राउ गरेको थियो। उनले विभिन्न बैंकको १ अर्ब ६० करोड र सहकारी तथा सर्वसाधारणबाट झण्डै ७ अर्ब ठगी गरेको अभियोग लागेको छ। सोही अभियोगमा जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरले २ वर्ष कैद र ५० लाख रुपैयाँ जरिवाना गरेको थियो।

कैद र जरिवाना फैसला अदालतले सुनाएपछि उनी करिब एक १ वर्ष फरार रहेका थिए।


। उनले कोहिनुर हिल हाउजिङ एण्ड कोहिनुर बिल्डर्सका नाममा बैंकहरूबाट ऋण लिएका थिए। हाल उनी अदालतले तोकेको धरौटी बुझाएर तारेखमा रिहा भएका हुन्।