काठमाडौंः छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

झापाको मेची नगरपालिका–१० खरेडागीबाट ३ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय रुपेन राजवंशीलाई आज बिहान पक्राउ गरेको छ ।

शंका लागि चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यूतै, मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध २ बोतल कोरेक्स, २ पिस नाईट्राभेट र २ पिस स्पासमोप्रोफेक्स सहित सोही महानगरपालिका–१ कटहरी बस्ने ३३ वर्षीय शिव नारायण साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ भोजाड चोकबाट ९ सय पिस ट्राभा र ९ सय पिस बोफिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बिजयनगर बस्ने १९ वर्षीय अनुज सुनार, २४ वर्षीय रबिन चौधरी र १९ वर्षीया सुबिना परियार चौधरी रहेका छन् ।

प्रहरी बिट शरणपुरबाट खटिएको प्रहरी टोलीले अटो रोकी चेकजाँच गर्ने क्रममा अटोमा आएका उनीहरुलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १९:३२