काठमाडौंः छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा सहिदभूमि गाउँपालिका–५ खोको बस्ने २७ वर्षीय पूर्ण बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरीले विकलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय नसरुद्धिन राई, सोही ठाउँ बस्ने २५ वर्षीय मेराज कपडिया र भारत रुपैडिहा घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १९:३२