काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानिबासमा बिहीबार बेलुकी अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
झुगाबाट भिमानतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा चढेका तीन महिनाका बालक भुबन कुमरको उपचारका क्रममा सुभस्वतीक अस्पताल बर्दिबासमा मृत्यु भएको हो । घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अटो चालकलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ ।
यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा बिहीबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी चढेकी मकवानपुरको गढी गाउँपालिका–६ की २५ वर्षीया मेलिना तिमिल्सिना रहेकी छिन् ।
अनटेष्ट मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको प्रहरी चौकी फुलजोर सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते भएकी उनको थप उपचारका लागी मोडल अस्पताल लालबन्दी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक धादिङको थार्के गाउँपालिका–८ घर भई बिओपी सिमरा फेन्हरामा कार्यरत ससस्त्र प्रहरी जवान बिश्वमणी गजुरेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, दाङको लमही नगरपालिका–८ सतबरीयामा बिहीबार साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङ कप्तानगंजका ५२ वर्षीय पुरन बाठा मगर रहेका छन ।
पुर्वपश्चिम राजमार्गमा रा ३ प ७५६० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका पुरनको उपचारको क्रममा लमहि अस्पतालमा मृत्यु भएको हो ।
गम्भीर घाइते मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवाका २६ वर्षीय लिला बहादुर चौधरीलाई दाङबाट थप उपचारको लागि बुटवल पठाइएको छ ।
दुर्घटनामा संलग्न दुबै सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, धनुषाको हँसपुर नगरपालिका–५ वेल्हीमा बिहीबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।
वेल्हीबाट सुगानिकासतर्फ जाँदै गरेको ज ९ प ५९९१ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका पैदलयात्री स्थानीय ७० वर्षीय जोगी यादवलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको अस्थाइ प्रहरी पोष्ट वेल्ही धनुषाले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १२:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook