काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बाराको निजगढ नगरपालिका–११ तमागढीमा सवारी साधनले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

गएराति पौने ३ बजे पैदल हिंडिरहेका उनलाई सवारी साधनले किचेको बताइएको छ । दुर्घटना गराएर सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

यस्तै, बाग्लुङको निसीखोला गाउँपालिका–२ मा बुधबार बेलुकी पिकअप जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सात जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ का २७ वर्षीय कमरा रोक्का मगर रहेका छन् ।


। घाइते भएका सात जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको छ ।

७ बजे ग ३ च २७१३ नम्बरको जीप स्टार्ट गर्ने क्रममा गुडेर सडकबाट करिब ५ मीटर तल खसेको थियो ।

यसैगी, काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–९ रानीटारमा बुधबार बेलुकी मोटरसाइकलकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन् । हिजो बेलुकी पौने ८ बजे पैदलहिडीरहेका सापकोटालाई बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी साधन सहित चालकलाई प्रहरी चौकी हिँगुवापाटीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १०:५३