काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ मा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी बसमा चढेका दाङको बबई गाउँपालिका–३ का सुमन नेपालीको मृत्यु भएको हो ।

सल्यानको कालिमाटीबाट सल्यानकै बोटेचौरतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस आज दिउँसो पौने ३ बजे भेरी नदीमा खसेको हो ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको छ । बसमा तीन जना मात्रै चढेकाले र अर्का एक जना भने बेपत्ता भएकाले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


यस्तै, झापाको शिवसताक्षी नगरपालिका–११ मा आज बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीय भिम बहादुर राई रहेका छन् ।

मे १ ख ३३९२ नम्बरको ट्रकले राई चढेका साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २३ गते बिहीबार, १९:२५