काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दाङको गढवा गाउँपालिका–१ धानखोलामा आज बिहान साढे ८ बजे टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको नयाँगाउँ बस्ने २६ वर्षीय गणेश चौधरी रहेका छन ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु २ ख १५९६ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

यसैगरी, धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा गएराति साढे २ बजे बिजुलीको पोलमा ठोकिएर ट्रक दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन ।


मृत्यु हुनेमा ट्रकका परिचालक धादिङकै जुगेडीका २१ वर्षीय सुनिल गुरुङ रहेका छन ।

चितवनबाट काठमाडौं आउँदै गरेको ना ७ ख ९१३९ नम्बरको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।

घाइते भएका ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–२७ का ३४ वर्षीय यम बहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, १२:२०