काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धनकुटाको धनकुटा नगरपालिका–७ मा आज ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्युृ हुनेमा धनकुटा नगरपालिका–८ बस्ने १५ वर्षिया रेविका राई रहेकी छन् ।
बालुवा अनलोड गर्ने क्रममा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा रेविकाको मृत्यु भएको हो ।
सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ ।
यसैगरी, डडेलधुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा गएराती ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।
।
मृत्यु हुनेमा कैलालीको गेटा घर भएका अन्दाजी ३५ वर्षीय ओम प्रकाश पन्त रहेका छन् ।
धनगढीबाट सिमेन्ट लिएर अछाम जाँदै गरेको ना ६ ख ३८१७ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका परिचालक बाजुराको बडिमालिका नगरपालिका–५ का १८ वर्षीय मदन साउदको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १४:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook