काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरमा शनिबार राति ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक चन्दन गुप्ता रहेका छन ।

बिरगंजबाट पथलैया तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ०००९ नम्बरको ट्रकले चावासोती फ्याक्ट्री अगाडि गुप्तालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रौतहटको यमुनामाई गाउँपालिका–४ मा शनिबार राति गुडिरहेको ट्याक्टरको पछाडी म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।


गौरबाट गरुडा तर्फ जाँदै गरेको ना ५ त ९२ ८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यान ठोक्किँदा गम्भीर घाइते भएका भ्यान चालक रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका ३० वर्षिय राजेश कुमार सहनीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौको काडाँघारी स्थित विरेन्द्रचोकमा शनिबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक युवती गम्भीर घाइते भएकी छिन् ।

घाइते हुनेमा काँडाघारीमै बस्दै आएकी काभ्रेकी २८ वर्षीया कविता श्रेष्ठ रहेकी छिन् ।

पैदल हिडीरहेकी उनलाई बा ७१ प १५७० नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाइते भएकी युवतीको अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १२:१५