काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

महोत्तरीको औरही नगरपालिका–४ कठुधारचोकमा आज टिपरको ठक्करबाट मोटरसाइकलमा आएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको वलवा नगरपालिका–९ का अन्दाजी १८ वर्षीय प्रमोद राम चमार र पछाडी चढेका औरही नगरपालिका–४ का १५ वर्षीय गुड्डु नदाफ रहेका छन् ।

सम्सीबाट गौशाला तर्फ जाँदै गरेको ना ८ ख ९८० नम्बरको टिपरले बाटो क्रस गर्दै गरेको ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

यसैगरी, धनुषाको विदेह नगरपालिका–३ मा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा स्थानीय ३० वर्षीय विनोद महरा रहेका छन् ।

ठाडीबाट इनर्वातर्फ जाँदै गरेको ना १ त ७५८० नम्बरको ट्याक्टर अनियन्त्रित भर्इ पल्टिँदा महराको घटनास्थलमै मृत्यु भएको हो ।


प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, १७:३६