काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१० मा शनिबार राति ट्याकटरको पछाडी मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा आएका स्थानीय २२ वर्षीय गोबिन्द बुढा र १७ वर्षीय मान बहादुर बुढाको मृत्यु भएको हो ।

पश्चिमबाट पुुर्वतर्फ आउँदै गरेको म १ त ५४२ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ आउँदै गरेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका दुबै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

यस्तै, काठमाडौंको नयाँबसपार्कमा शनिबार मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।


पैदलयात्री लमजुङको दोदी गाउँपालिका–७ घर भई काठमाडौं बस्ने ५६ वर्षीया सुनमाया गुरुङको मृत्यु भएको हो ।

नयाँ बसपार्कमा रहेको बिजी मल अगाडी बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको छ ।

युैगरी, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ अंमरसिंह चोकमा शनिबार राति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको हो ।

हरहरमहादेवबाट मुलपानी तर्फ जाँदै गरेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल विपरित दिशाबाट सडक लेन मिचेर आउँदै गरेको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साईड दिने क्रममा अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको घरमा ठोक्किँदा दुर्घटना भएको हो ।

गम्भिर घाइते भएका बरालको उपचारको क्रममा राष्ट्रिए ट्रमा सेन्टर मंहाकालमा मृत्यु भएको हो ।

टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १८ गते आइतबार, १२:२०