काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४ मा आज बिहान टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक स्थानीय २० वर्षीय रवी कुमार तिवारीको मृत्यु भएको हो ।
लु २ ख २७०२ नम्बरको टिपर र लु ३९ प ५३१४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा मृत्यु भएको हो ।
दुवै सवारी साधन र टिपर चालकलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज बिहान बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
।
मृत्यु हुनेमा मोरङको रंगेली नगरपालिका–८ का ३७ वर्षीय भिमराज राजवंशी रहेका छन् ।
लु २५ प ५७ १२ नम्बरको मोटरसाइकललाई को १ ज ३१९९ नम्बरको बलेरोले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुवै सवारी साधन र बलेरो चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।
यसैगरी, पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाकै तानसेन नगरपालिका–१४ अर्गली बस्ने ३५ वर्षीय प्रकाश राना रहेका छन् ।
बुटवलबाट अर्गलीतर्फ जाँदै गरेको लु २ ख ३५७१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो । गम्भीर घाइते भएका रानाको उपचारको क्रममा मिशन अस्पताल तानसेनमा मृत्यु भएको प्रहरी चौकी अर्गलीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:३७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook