काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देही र सर्लाहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतीपुरमा बुधबार राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु १५ प ७२१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।
यसैगरी, सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने ४६ वर्षीय ढाचाराज वाग्ले रहेका छन् ।
मुर्तियाबाट नयाँरोडतर्फ जादै गरको ज १० प ३२०६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, ११:४०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook