काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुइृ जना घाइते भएका छन् । बाँके र चितवनमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी चढेकी युवक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ साईगाउँका २० वर्षीय अस्कर अलिराई रहेका छन् ।
कोहलपुरबाट भन्सारतर्फ जाँदै गरेको भे १ ख २९८४ नम्बरको बसले बाटो पार गर्दै गरेको भे ४ प ८१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।
।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी चढेका भारतीय नागरिक सलमान राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।
यसैगरी, चितवनको खैरहनी नगरपालिका एक तरकारी चोकमा बुधबार राति बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन् ।
ना ५ ख १७४० नम्बरको बसमा ना ५ प ८७७ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका चितवनकै कालिका नगरपालिका–५ का २२ वर्षीय सुरेश चौधरीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडी चढेका सोही ठाउँका ३१ वर्षीय सुनिल चौधरीको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस सहित चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १८:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook