काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । संखुवासभा र सुनसरीमा भएको दुर्घटनामा एक एक जनाको मृत्यु भएको हो ।

संखुवासभाको मकालु गाँउपालिका–५ मा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाकै मकालु गाउँपालिका–३ बस्ने ४२ वर्षिय खड्ग बहादुर राई रहेका छन् ।

हेदङनाबाट खाँदबारी आउँदै गरेको को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा २ ख ७६१० नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ ।


यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–४ आपगाछीमा आज बिहान ट्रक दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीकै इटहरीका ३० वर्षीय विशाल खड्काको मृत्यु भएको हो ।

भोजपुरबाट बिराटनगरतर्फ आउँदै गरेको ना ६ ख ६४५१ नम्बरको ट्रक आज अनियन्त्रित भई पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १८:०२