काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा भएको दुर्घटनामा दुई जना र मकवानपुरमा एक जनाको मृत्यु भएको हो ।

रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक देवदह नगरपालिका–८ का २७ वर्षीय राम बहादुर थापा र पछाडी चढेका सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको हो ।

पुर्व पश्चिम राजमार्गमा लु ४३ प ६८ १७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पुल बनाउनको लागी खनेको खाल्डोमा खसेको थियो ।

उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।


यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–८ मा बिहीबार राति नै ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका ३० वर्षीय जनक ढकाल रहेका छन् ।

ना ६ ख ३४२७ नम्बरको ट्रकले बा ४२ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ढकालको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ७ गते शुक्रबार, ०९:५०