काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं र बर्दियामा भएको छुट्टाछुट्टै दुर्घटनामा एक/एक जनाको मृत्यु भएको हो ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–६ मा बिहीबार बेलुकी टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको भिमफेदी–८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।
पैदल हिंडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका उनको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।
।
यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका–३ लखना बेलुवामा बिहीबार साँझ ट्याक्टरको ट्रलीबाट खसेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय लाल बहादुर थारु रहेका छन् ।
भे १ त ७५ ०७ नम्बरको ट्याक्टरको ट्र्लीबाट उनी खसेका थिए । ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन १४ गते शुक्रबार, १०:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook