काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, सिराहा र मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकरएक जनाको मृत्यु भएको हो ।
धनुषाको सबैला नगरपालिका–१० सिमराडीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेका पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमद रहेकी हुन् ।
यदुकुवाबाट सबैलातर्फ आउँदै गरेको ज ८ प १३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय सबैलाले नियन्त्रणमा लिएको छ ।
यस्तै, सिराहाको कल्याणपुर नगरपालिका–२ चतारी कमलाबाधमा थ्रेसर जडान भएको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रामरतन मण्डल रहेका छन् ।
आफ्नै खेतमा स १ त ७० १६ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनबाट मुसुरो झारेर फर्किने क्रममा थ्रेसर पल्टिँदा उनलाई च्यापेको हो । थ्रेसरले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई भने जिल्ला प्रहरी कार्यालय सिराहाले नियन्त्रणमा लिएको छ ।
यसैगरी, मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट आइतबार साँझ साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरी–२ का ३६ वर्षीय बच्चु डुम रहेका छन ।
रंगेलि बिराटनगर सडकखण्डमा को १ ख ४७८३ नम्बरको टिपरले साईकलयात्रीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका डुमको उपचारको क्रममा प्रादेशिक अस्पताल कोशिमा मृत्यु भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, १०:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook