काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ । महोत्तरी र बर्दियामा भएको दुर्घटनामा एकएक जना बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ मा आज कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बेल बहादुर परियारका १२ वर्षीय छोरा पुष्कर रहेका छन् ।

आज दिउँसो पौने १ बजे बा ७ च ४९४३ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको हो ।

यसैगरी, बर्दियाको बाँगढी नगरपालिका–३ मा पनि विङ्गरले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ की सिता लम्सालका ८ वर्षीय छोरा सागर लम्सालको मृत्यु भएको हो ।


आज दिउँसो साँढे १२ बजे ना १ ज ५०७२ नम्बरको विङ्गरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १५ गते आइतबार, १७:१८