काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रसुवामा भएको दुर्घटनामा दुई र बाँकेका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा बिहीबार राति टिपर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ भने टिपरमा आएका एक जना सामान्य घाइते भएका छन् ।

प्रदेश ३–०१–००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खस्दा गम्भीर घाइते भएका टिपर चालक स्थानीय २५ वर्षीय सागर तामाङ र टिपरमा आएका अर्का एक जनाको उपचारको क्रममा आज बिहान जिल्ला अस्पताल रसुवामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।


घाइते भएका अर्का एक जनालाई भने उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ ।

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेकै कोहलपुर नगरपालिका–२ का २१ वर्षीय सर्जन सुनार रहेका छन् ।

भे १ ख २४९१ नम्बरको बसले सर्जन चढेको भे १० प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुवै सवारी साधन नियन्त्रणमा रहेको र बस चालक फरार रहेकाले खोजि कार्य भैरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १०:४२