काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर र मोरङमा भएको दुर्घटनामा एकएक जनाको मृत्यु भएको हो ।

ललितपुरको सातदोबाटोमा आज मध्यान्ह स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखाको जिरी घर भई हाल बालाजु बस्ने ७३ वर्षीया बिष्णु माया सुनार रहेकी छिन् ।

प्रदेश ३ ०२ ०१३ प २६१२ नम्बरको स्कुटरले पैदल हिडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । सुनारको उपचारको क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

स्कुटर सहित चालकलाई महानगरीय प्रहरी बृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

यसैगरी, मोरङको केराबारी गाउँपालिका–८ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा केराबारी गाउँपालिका–१० बस्ने ५० वर्षीय नरेश कुमार सोडारी रहेका छन् ।

उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको को १ त ५८४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १८:१९