काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका–३१ दोभान पुलमा शनिबार बेलुकी दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शंखमुलबाट दोभानपुलतर्फ जाँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश–३–०२–००६ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ८८०० नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भई काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीय सुदिप तिमल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाकालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
।
दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सानु खानको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–८ कंचनबारीमा शनिबार साँझ जेसिबी र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय दिपक कुमार बुढाथोकी रहेका छन् ।
को १ क १५८७ नम्बरको जेसीबी र प्रदेश–१–०१–०१२ प ७१५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
फरार भएका जेसीबी चालकको खोजी भइरहेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १०:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook