काठमाडौंः छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–१ का ३५ वर्षीय कमल प्रकाश कार्की रहेका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।

यस्तै, महोत्तरीको गौशाला नगरपालिका–४ सुर्तिबिकास चोकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि बसेका एक जना घाइते भएका छन् ।


मृत्यु हुनेमा गौशाला नगरपालिका–८ ठुलो कुसमाडीका २२ वर्षीय अम्मर बहादुर बाचे रहेका छन् ।

गौशालाबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश–२–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय षैशालाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी चढेका १९ वर्षीय युवराज बलम्पाकी मगरको गौशाला पोलिक्निीकमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ बिहीबार, १२:५६