काठमाडौंः प्रहरीले छुट्टाछुट्टै स्थानबाट १८ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

बाग्लुङको ताराखोला गाउँपालिका–५ सिपस्थित जंगलमा लुकाई छिपाई राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका–२ हर्पुखोला टोलको जंगलबाट ९ थान एकनाले भरुवा बन्दुक समेत गरी १७ थान भरुवा बन्दुक बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यसैगरी, नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।


प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:२५