सुनसरीः प्रहरीले सुनसरीबाट छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा दुई जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–५ घर भई इनरुवा नगरपालिका–१ बस्ने २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र इनरुवा नगरपालिका–१ बस्ने सप्तरीको महदेवा गाउँपालिका–५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डल रहेका छन् ।

गत शुक्रबार बिहान इनरुवा नगरपालिका–९ मा अज्ञात २ जना मानिसहरुले सोही नगरपालिका–२ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु माथि जिल्ला अदालत सुनसरीबाट म्याद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २१:०३