झापाः छुरा प्रहार गरी श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ झापा बस्ने ३२ वर्षीय शंकर मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नी श्रीमती २८ वर्षीया तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शंकरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण छुरा प्रहारबाट गम्भीर घाइते भएकी तारामईको हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिबगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, १२:५०