काठमाडौंः टोखा नगरपालिका–५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–८ भानुचोकबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


। साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका–३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाका प्रवक्ता कार्कीले बताए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, २०:०९