झापाः भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली ९दर्जी० लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चापागाईंमाथि जातीय छुवाछूत गरेको किटानी जाहेरी परेको थियो । प्रहरीले शनिबार राति नै गुरुकूलका शिक्षक राजन पौडेललाई पक्राउ गरे पनि असम्बन्धित भनी सोधपुछपछि छाडिदिएको थियो । गुरुकूलको शनिबार आयोजित विशेष साधारणसभाले विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको छ ।