केही पिडा बोकेर केही सम्झना बोकेर
घर छोडनु बाध्यता हो सम्भावना बोकेर
साहुलाई झुपडी सम्म कष्ट नगर्नु भन्दै
छोरा भर्खर मुग्लान छिर्यो योजना बोकेर
प्रियाको खुशी खोजेर फर्कनु छ भन्थ्यो
बिचरा बाकसमा फर्किएछ गहना बोकेर
यो हृदय मेरै चोटको भकारी बनेको बेला
बिन्ती कोहि नआउ नजिक वेदना बोकेर
समयले मुटु खोसेर पनि खुशी खोसेर पनि
बाच्न विवस छ्न विधवा आलोचना बोकेर
प्रकाश प्रयास, दक्षिण कोरिया
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook